६ जेष्ठ २०८१, आइतबार

काँग्रेस रास्वपाको नेतृत्व माथि प्रहार गरेर सरकार ढाल्ने चलखेलमा छः महेश बर्तौला

प्रकाशित मिति :  17 March, 2024 1:31 pm


काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने काममा लागेको आरोप लगाएका छन् ।

आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले काँग्रेसले गृहमन्त्रीलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अंक गणितका आधारमा प्रश्तुति देखाइरहेको आरोप लगाए । उनले काँग्रेसले २८ दिनभित्र सरकार ढाल्छौँ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै अनुसन्धानले दोषी ठहराएको खण्डमा दोषी कोहीलाई पनि उम्किन दिनु नहुने बताए ।

उनले सुन तस्करीको प्रकरणको सन्दर्भमा सरकारले बनाएको आयोगले दिएको प्रतिवेदनको सम्पूर्ण कार्यान्वयन हुनुपर्ने बताए । उनले आयोगको प्रतिवेदन सांसदहरुलाई बुझाउन पनि सरकारसँग आग्रह गरे ।

उनले भने, “सुन तस्करीको प्रकरणको सन्दर्भमा सरकारले आयोग बनाएको थियो, त्यो आयोगले सरकारलाई रिपोर्ट पेस गरेको छ । त्यो रिपोर्ट बमोजिम जोजो जहाँ जहाँ जसरी संलग्नता छ । दोषका प्रकृतिका आधारबाट कानूनी कारबाही हुन्छ । प्रतिवेदनले उजागर गरेका विषयवस्तु सार्वजनिक गर्नुपर्छ । हामीले सरकारलाई संसदमार्फत ध्यानाकर्षण गराएका छाँै । उजागर गरेका विषयहरु कहीँ थन्क्याउने होइन, कोही पनि मान्छे उम्किने अवस्था रहँदैन ।”

उनले सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मुख्य कार्यभार भएको बताए ।



प्रतिक्रिया दिनुहोस !