६ जेष्ठ २०८१, आइतबार

व्यवस्था बलियो बनाउन कांग्रेस र एमालेको मेलमिलाप हुनुपर्छ: सांसद पाण्डे

प्रकाशित मिति :  17 March, 2024 2:11 pm


काठमाडौँ । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले कांग्रेस र नेकपा एमाले नयाँ सरकार बनाउने कोणबाट नभई व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन एक हुनुपर्ने बताएका छन् ।

आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस र एमाले वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार बनाउने कोणबाट नभई देशमा आएका संकटको समाधानका लागि मिल्नुपर्ने बताए । उनले अहिले व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेको बताए ।

उनले व्यवस्थाको औचित्यमाथि नै मानिसहरूले प्रश्न उठाउन थालेको भन्दै यसलाई अझ बलियो बनाउनका लागि एकजुट हुन जरुरी रहेको बताए । पाण्डेले कांग्रेस र एमाले यस व्यवस्थाका संस्थापक भएकाले पनि एक हुन आवश्यक रहेको बताए ।

उनले एमाले र कांग्रेसको मेलमिलाप संस्था बनाउन र भत्काउन नभई व्यवस्था बलियो बनाउन हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !