६ जेष्ठ २०८१, आइतबार

विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्नू, असल नियत राखेपछि डराउनु पर्दैन:प्रमुख शाह

प्रकाशित मिति :  17 March, 2024 7:12 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विभागीय प्रमुखहरूलाई विश्वाश कायम राखेर उच्च मनोबलका साथ काम गर्न प्रोत्साहन गरेका छन् ।

चालु आर्थिक बर्षको ६ महिनामा प्राप्त भएका उपलब्धी, यसका लागि झेल्नु परेका समस्या र लक्ष्य प्राप्त गर्न अबलम्बन गरिएका उपायका विषयमा छलफल गर्दै उनले नियत सफा राखेर काम गर्दा कसैसँग डराउनु नपर्ने बताएका हुन् ।

“गलत गर्नु हुँदैन । गल्ती गर्नेलाई कारवाही हुनु, राम्रो गर्नेलाई प्रोत्साहन गर्नु हो । असल नियतले काम गर्दागर्दै भएको भुललाई सहज लिनुपर्छ । मनसाय गलत राखिएका गल्तीप्रति आँखा चिम्लनु हुँदैन,” उनले भने, “गएको बर्षको तुलनामा यस बर्ष गुनासा कम छन् । सुधारका संकेतहरु देखिएका छन् । खर्च कम भयो भनेर नआत्तिनु, भौतिक प्रगति कति भएको छ, हेर्नू । काम भइसकेपछि भुक्तानी नरोक्नु । कोही कर्मचारी विदामा बसेका कारण सेवा प्रभावित हुनु हुँदैन । कोही विदामा बस्दा सेवा प्रवाह नरोकिने व्यवस्था मिलाउनु पर्छ ।”

उनले बर्षौँसम्म काम गरिरहेका कर्मचारीहरूको अनुभव र क्षमताको प्रयोगबाट धेरै प्रगति हासिल गर्न सकिने उल्लेख गर्दै भने ‘धेरै कार्यक्रमहरूमध्ये कुन कामलाई प्राथमिकता दिने भन्ने अन्योल नहोस भनेर हामीले महानगर गौरव र स्वर्णिय योजना कार्यान्वयनमा ल्याएका हौँ । यी कार्यक्रमको कार्यान्वयन दायित्व विभागीय प्रमुखहरूको हो । यसलाई प्राथमिकता राख्नुहोला ।”



प्रतिक्रिया दिनुहोस !