६ जेष्ठ २०८१, आइतबार

२५ औँ फ्लोरा एक्स्पो सम्पन्र: ४९ हजारले अवलोकन गर्दा १ करोड सात लाखको कारोबार

प्रकाशित मिति :  17 March, 2024 11:19 pm


काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा चार दिनदेखि जारी २५ औं पुष्प मेलामा सम्पन्न भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा चैत १ गतेदेखि सुरू भएको मेलाबाट पुष्प व्यवसायीहरूले एक करोड सात लाख रुपैयाँ कारोबार गरेका छन् भने सो मेलालाई ४९ हजारले अवलोकन गरेको फ्यानका मेला संयोजक सिताराम पन्तले जानकारी दिए ।

फ्यानले लिएको लक्ष्यभन्दा बढीको कारोबार भएको छ । यो मेलालाई ५० हजार जनाले अवलोकन गर्ने तथा एक करोड रुपैयाँ बराबरको कारोबार हुने फ्यानको अनुमान थियो । तर लक्ष्य भन्दा कम व्यक्तिले मेलाको अवलोकन गरे भने कारोबार लक्ष्यभन्दा बढी हुँदा फ्यान उत्साहित भएको छ ।

मेलाको ९पहिलो दिन० अर्थात चैत १ गते सात हजार ५०० जनाले अवलोकन गरेका थिए भने १७ लाख ५० हजार रुपैयाँको कारोबार भएको थियो । चैत २ गते अर्थात ९दोस्रो दिन० १५ हजारबढीले अवलोकन गरेका छन् भने ३२ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै तेस्रो दिन अर्थात ९हिजो० १७ हजारबढीले अवलोकन गरेका थिए भने ३५ लाखको कारोबार भएको थियो । चार दिनमध्ये सबैभन्दा बढी कारोबार शनिवार भएको थियो । बिदाका दिन परेका हुनाले विद्यार्थी, कर्मचारीलगायत अन्य व्यक्तिहरूको बाक्लो उपस्थिति थियो ।

मेलामा व्यावसायिक ६०, ल्याण्डस्केपिङ तीन, अफिसियल आठ, प्रतियोगितात्मक प्रदर्शनी एक र फूड एक वटा फूडसहित जम्मा ७३ वटा स्टल रहेको थियो ।

मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय ५० र विद्यार्थीका लागि एक सय शुल्क तोकिएको थियो ।

फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको फ्यानले जनाएको छ ।

नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । विसं २००७ देखि सुरू भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ ।

कात्तिकदेखि फागुनसम्म विभिन्न चार्डपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले फूल खेती गर्दै आएका फ्लोरिकल्चर एसोसिएसन नेपाल अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !