१६ बैशाख २०८१, आइतबार

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ

प्रकाशित मिति :  18 March, 2024 10:40 am


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।महरालाई सोमबार कपिलवस्तुबाट प्रहरीले पक्राउ गरेको स्रोतले जनाएको छ ।

स्रोतकाअनुसार महरालाई भैरहवा बिमानस्थलबाट यतिएयरलाइन्सको जहाजमार्फत काठमाडौं ल्याइँदै छ ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

महराका कान्छा छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा यसअघि नै पक्राउ परेका छन् ।



प्रतिक्रिया दिनुहोस !