१५ बैशाख २०८१, शनिबार

सहकारीबाट लिएको ऋण तिर्न काठमाडौँ महानगरपालिकाको अनुरोध, नतिरे कारबाही गर्ने चेतावनी

प्रकाशित मिति :  18 March, 2024 11:25 am


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरकारीबाट लिएर चुक्ता गर्न बाँकी रहेका ऋणीहरूलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको छ ।

महानगरपालिकाको सहकारी विभागले आज ९सोमबार० एक सूचना जारी गर्दै सहकारीबाट लिएको साँवा र ब्याज समयमै नतिर्ने सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।

“ऋणी सदस्यहरूले समयमा नै ऋण भुक्तानी नगरेमा संघीय सहकारी ऐन २०७४ को दफा ८३ र ८४ बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६५ र ६६ एवं काठमाडौँ महानगरपालिका सहकारी ऐन २०७४ को दफा ६१ र ६२ मा ऋणी सदस्यहरूको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न संस्था स्वयंले सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था गरेको छ,” सूचनामा भनिएको छ।

महानगरले केही सहकारी संस्थाहरूमा तरलताको समस्याले सदस्यहरूको वचत फिर्ता गर्न नसकेको अवस्था पाइएको पनि बताएको छ ।



प्रतिक्रिया दिनुहोस !