६ जेष्ठ २०८१, आइतबार

सहकारी पीडितलाई न्याय दिन नसके सरकारको औचित्य छैनः सांसद परियार

प्रकाशित मिति :  18 March, 2024 3:41 pm


काठमाडौँ । नेपाली काँग्रेसका सांसद जीवन परियारले सहकारी पीडितलाई न्याय दिलाउन नसके सरकारको औचित्य नहुने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद परियारले सहकारी पीडितलाई न्याय दिलाउन नसके सरकार र संसदको औचित्य नहुने बताएका हुन् ।

उनले सहकारी पीडितहरूले आफूहरूले न्याय कहिले पाउँछौँ भनेर सोधिरहेको उल्लेख गर्दै उनीहरूलाई न्याय दिलाउन नसक्दा बालेन साह र हर्क साम्पाङहरूले समेत गिज्याइरहेका बताए । उनले हरेक घटनाका पीडितहरूले काठमाडौँ आएर आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै सम्बन्धित ठाउँमा नै समस्याको समाधान गर्नसक्ने अवस्था बन्नुपर्ने बताए ।

उनले भने, “ति लाखौँलाख सहकारी पीडतहरूलाई न्याय दिलाउन नसक्ने हो भने हामी यो सरकारमा बस्नुको कुनै औचित्य रहँदैन । हामीलाई सहकारी पीडितले न्याय कहिले पाउँछौँ भनेर भनिरहेका छन् । बालेन र हर्कहरूले पनि हामीलाई गिज्याइरहेका छन् । हामी सत्तामा छौँ । सरकारमा छौँ । संघीय संसदमा छौँ । संसदमा बसेर हामीले कुरा उठाउँदै गर्दा पीडितले न्याय कहिले पाउने ? हजारौँ सहकारी पीडितहरूले काठमाडौँको सडकमा आएर आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।”

उनले सुन तस्करी प्रकरणमा दोषि जो भएपनि कारबाही गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !