६ जेष्ठ २०८१, आइतबार

सुन होस् की सहकारी, निष्पक्ष छानबिन गर्नुपर्छः सासद महत

प्रकाशित मिति :  18 March, 2024 5:02 pm


काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले नेपाली काँग्रेस सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा रहेको बताएका छन् ।

संसद भवन परिसरमा सोमवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कुनैपनि सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूले कानूनी शासनको पालना गर्न आवश्यक रहेको बताए ।

उनले जुनसुकै विषयमा सार्वजनिक पदमा जिम्मेवारीमा रहेका व्यक्तिहरूमाथि प्रश्नहरू उठ्यो भने गहिराईमा पुगेर निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए । उनले सुन प्रकरणको बारेमा वा सहकारी हिनामिना प्रकरणबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए ।

उनले सार्वजनिक जीवन व्यतित गरिरहेका व्यक्तिहरुमा अनियमितताको प्रश्न उठेको खण्डामा कानूनको दायरामा आउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !