२२ बैशाख २०८१, शनिबार

नेपालका लागि इजरायली राजदुतले भेटे मृतक आनन्द साहको परिवार

प्रकाशित मिति :  19 March, 2024 8:04 am


काठमाडौँ। गत असोजमा ईजरायलमा आतंकवादी संगठन हमासको आक्रमणमा परी मारिएका १० जना नेपाली विद्यार्थीमध्ये धनुषा सपहीका आनन्द साहको परिवारसँग नेपालका लागि ईजराइली राजदुत हनान गोदरले भेटघाट गरेका छन्।

ईजरायलमा मारिएको धनुषाको लक्ष्मीनियाँ गाँउपालिका वडा नं. ४ सपहीका २२ वर्षीय आनन्द साहको घर पुगेका ईजराइली राजदुत हनान गोदरले मृतकको परिवारको पीडा र रोदन देखेर आफ्नो मन पनि सम्हाल्न नसकेको बताए।

आनन्दको परिवारलाई एक्लो महशुस नगर्न आग्रह गर्दै उनले नेपाली सरकार र सञ्चारमाध्यमहरुले घटनाको विषयमा गरेको हमासको निन्दाका लागि धन्यवाद दिए।

घटना भएको २७ दिन मात्र अगाडि गत भदौ २५ गते ४९ जना नेपाली युवा विद्यार्थीहरुको समूह कृषिमा स्नातकोतर अध्ययन गर्नका लागि इजरायल पुगेका थिए ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !