१६ बैशाख २०८१, आइतबार

साहित्यकार तथा कथाकार परशु प्रधानको निधन

प्रकाशित मिति :  19 March, 2024 10:25 am


काठमाडौँ । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ ।

उनका्े सोमबार राति बानेश्वरस्थित निवासमा उनको निधन भएको हो । प्रधानको पार्थिव शरीरलाई आज बिहान ९ बजेसम्म बानेश्वरस्थित राधामोहन मार्गमा श्रद्धाञ्जलीका लागि राखि आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।

स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी रहेका छन्। उनका ‘वक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तराद्र्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’कथा सङ्ग्रह प्रकाशित कृति हुन् ।



प्रतिक्रिया दिनुहोस !