२२ बैशाख २०८१, शनिबार

विदेशमा अलपत्र परेका नागरिकको उचित व्यवस्था गर्न दे.ज.मोको माग

प्रकाशित मिति :  8 May, 2020 8:27 am


काठमाण्डौं, २६ वैशाख ।

देशभक्त जनगणतान्त्रिक मोर्चाले लकडाउनका कारण विदेशमा अलपत्र परेका नागरिकको उचित व्यवस्था गर्न तथा नेपाल ल्याउनका लागि पहल गर्न सरकारसँग माग गरेको छ ।

आज विज्ञप्ति जारी गर्दै मोर्चाले भनेको छ,‘रोजगारी र अध्ययनका लागि विदेशमा गएर लक् डाउन्मा फसेका सबै नेपाली नागरिकको व्यवस्थाका लागि कुटनीतिक पहल जोडदार रुपमा गरिनु पर्दछ । अत्यन्त अप्ठेरोमा फसेका नेपाली नागरिकलाई स्वास्थ जाँच गराई क्वारेण्टाइनमा राख्ने व्यवस्था मिलाई नेपाल ल्याउने व्यवस्था गरिनु पर्दछ ।’

नेपालको सिमानामा आएर अलपत्र परेका नेपाली नागरिकहरुलाई सुरक्षित क्वारेण्टाइनमा राख्ने व्यवस्था मिलाई नेपाल ल्याउने व्यवस्था गरिनु पर्नेमा पनि मोर्चाले जोड दिएको छ ।

लकाउन लागु गर्दा भेदभाव देखिएको भन्दै यसलाई सबैका लागि समान रुपमा लागु गर्नुपर्नेमा माग गरिएको छ । मोर्चाका अध्यक्ष सीपी गजुरेलले जारी गरेको विज्ञप्तिमा दैनिक श्रम गरेर धानिने, तल्लो वर्गका जनताको बेरोजगारहरुको खाने र अन्य दैनिक समस्याको व्यवस्था अनिवार्य रुपमा गर्नुपर्नेमा जोड दिईएको छ ।

आरडीटी विधिबाट कोरोना परीक्षण बन्दी गरि पीसीआर विधी प्रयोग गर्न पनि मोर्चाले माग गरेको छ । मोर्चाले भनेको छ,‘ अहिले सम्म १ सय १ जनामा संक्रमित भैसकेको छ र समुदायमा फैलने चरणमा प्रवेश गरेको छ । यसको रोकथाम र नियन्त्रणलाई सर्बोपरि राखी आगामी बजेटमा रकमको व्यवस्था गरिनु पर्दछ । परीक्षण, ट्रेसिङका लागि आवश्यक सम्पूर्ण व्यवस्था गरी यसलाई तीब्रता दिइनु पर्दछ । यसमा हुने ढिलाई क्षम्य हुन सक्दैन ।’

मोर्चाले युद्ध कालका मुद्दालाई सत्य निरुपण आयोग बेपत्ता छानविन आयोग मार्फत टुंग्याउने निर्णयमा कायम रही मुद्दा छिटो भन्दा छिटो टुंग्याइनु पर्ने पनि भनेको छ । यो मोहन बैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी पार्टीको पार्टीको खुल्ला मोर्चा हो ।



प्रतिक्रिया दिनुहोस !