१२ श्रावण २०८१, शनिबार

वर्तमान सत्ता समीकरणले पनि जनतामा नयाँ आशा जगाउन नसके देश अफ्ठ्यारोमा जान्छः प्रधानमन्त्री

‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’
प्रकाशित मिति :  19 March, 2024 6:36 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सत्ता समीकरणले पनि जनतामा नयाँ आशा जगाउन नसके देश अफ्ठ्यारोमा जाने बताएका छन् ।

मंगलवार सत्तारुढ दलहरुको न्युनतम साझा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सत्तारुढ दलहरूले न्युनतम साझा कार्यक्रम घोषणाका कुरामा भन्दा कार्यान्वयनको काममा लाग्नुपर्ने बताए ।

उनले न्युनतम साझा कार्यक्रमलाई व्यवहारमा जनतालाई सेवा दिने कुरामा जिम्मेवारीवोध र तत्परताले नै अहिलेको सत्ता समीकरणको औचित्य पुष्टि गर्ने बताए ।

उनले नयाँ सत्ता समीकरण र संकल्पले पनि जनतामा नयाँ आशा जगाउन, विकासलाई गति दिन नसके देश अफ्ठ्यारोमा जाने बताए ।

उनले सबैले इमान्दारिताकासाथ राष्ट्रको वृहत्तर हितको निम्ति जनतालाई सुशासनको प्रत्याभुति दिनेगरी काम गर्न मन्त्री र कर्मचारीहरुलाई निर्देशन दिए । उनले काम, परिणाम, सुशासन र समृद्धिको नयाँ यात्राद्वारा जनताको भरोसा जित्ने काममा लाग्नुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले वर्तमान सरकार नयाँ संकल्पका साथ अब देश र जनताको पक्षमा काम गर्ने नयाँ स्प्रिड लिएर आएको बताए ।



प्रतिक्रिया दिनुहोस !