१२ श्रावण २०८१, शनिबार

आज स्व. गिरिजाप्रसाद कोईरालको १४ औं स्मृति दिवस

प्रकाशित मिति :  20 March, 2024 10:08 am


काठमाडौँँ । आज नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोईरालाको १४ औं स्मृति दिवसमा आज विभिन्न कार्यक्रम गरिँदैछ ।

स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस, जीपी कोईराला फाउण्डेसनलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । पाँच पटक प्रधानमन्त्री बनेका कोईरालाको निधन २०६६ साल चैत ७ गते निधन भएको थियो ।

राणा शासनको बिरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला कोईरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो । २०४७ सालको आन्दोलन, २०६२–६३ सालको दोश्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा उनको भुमिका महत्वपूर्ण छ ।



प्रतिक्रिया दिनुहोस !