१२ श्रावण २०८१, शनिबार

आज मनकामना केबलकार बन्द

प्रकाशित मिति :  20 March, 2024 11:48 am


काठमाडौँ । नियमित मर्मतका लागि आज मनकामना केबलकार बन्द भएको छ ।

मनकामना दर्शन प्रालिले एक सुचना जारी गर्दै नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले वुधबार केबलकार सेवा बन्द गरिएको जनाएको थियो ।

बिहिबारदेखि भने नियमितरुपमा सञ्चालनमा ल्याइने मनकामना दर्शन प्रालिका निर्देशन राजेशबाबु श्रेष्ठले जानकारी दिए ।

प्रसिद्ध धार्मिकस्थल मनकामनामाईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना-४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी वि.सं. २०५५ मा उक्त केबलकार सेवा स्थापना गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !