१२ श्रावण २०८१, शनिबार

काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा वर्षा

प्रकाशित मिति :  20 March, 2024 12:35 pm


फाइल फाेटाे

काठमाडौँ । बुधबार काठमाडौँ लगायत देशका विभिन्न ठाँउमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा पहाडी तथा उच्च पहाडी क्षेत्रका केही ठाउँमा वर्षा भइरहेको छ ।

मधेशका धेरै ठाउँमा गएरातिदेखि नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षाका कारण त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु समेत महशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !