१२ श्रावण २०८१, शनिबार

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा सात जनाको नाम मनोनयन

प्रकाशित मिति :  20 March, 2024 12:46 pm


काठमाडौँ । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन भएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंहलाई राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका मनोनयन गर्न प्रस्ताव गरेका हुन ।

प्रस्तावलाई सांसदहरुले समर्थन जनाएका छन । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३ को उपनियम १ बमोजिम कार्यव्यवस्था परामर्श समितिमा रहने मान्य सदस्यहरुको नाम मनोनयन गरिएको थियो ।




प्रतिक्रिया दिनुहोस !