१२ श्रावण २०८१, शनिबार

विनियोजन विधेयकमाथिको छलफलमा अर्थमन्त्री नदेखेपछि राप्रपाको आपत्ति

प्रकाशित मिति :  20 March, 2024 1:24 pm


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले अर्थमन्त्री वर्षमान पुनप्रति आपत्ति जनाएका छन् ।

बुधवार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलको क्रममा आफू बोल्ने बेलामा बाहिर गएको भन्दै अर्थमन्त्री पुनप्रति आपत्ति जनाएका हुन् । सांसद लामाले अर्थमन्त्री पुनले राप्रपामाथि विभेदकारी नीति राखेर बाहिर गएको आरोप समेत लगाए।

सांसद लामाले भने, ‘यहाँ अर्थमन्त्रीज्यु देखिएन । बाहिर निस्कनु भयो । अर्थमन्त्री नहुँदाखेरी कसलाई सुनाउने रु अर्थमन्त्रीलाई बोलाउन पाए राम्रो हुन्थ्यो जस्तो लाग्छ ।

माननीय सदस्यहरु अर्थमन्त्रीले अर्को प्रतिनिधि राखेर खान खानालाई अहिले भर्खर निस्कनुभएको छ । उहाँ आउँदै हुनुहुन्छ । यसमा पनि अलिकति विभेद भएको जस्तो लाग्यो । जव राप्रपा आउँदाखेरी अर्थमन्त्री उठेर जानु भनेको यो विभेदकारी भएकाले म घोर आपत्ति जनाउनु चाहन्छु ।’

यता सभाध्यक्षको आसनबाट उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री आफ्नो प्रतिनिधि राखेर खाना खान बाहिर थइकाृ जानकारी दिँदै बोल्न आग्रह गरेकी थिइन् । तर सांसद लामाले अर्थमन्त्री नहुँदा कसलाई सुनाउने भन्दै नबोल्ने अड्डी दिए । यसैबीच अर्थमन्त्री पुन बैठकमा पुनः आइपुगे ।

सांसद लामाले बैठकमा अर्थमन्त्री पुन आएकोमा धन्यवाद व्यक्त गर्दै राप्रपा बोल्न आउँदा भागेको हो कि भन्ने आफूलाई लागेको पनि बताए।

उनले भने पर्यटन, कृषिजस्ता क्षेत्रमा लगानी बढाएर मुलुकलाई रोजगारीको अवसर सृजना हुनेगरी बजेट ल्याउन अर्थमन्त्री ज्यूलाई आग्रह गर्दछु, ।

सांसद लामाले गरिव महिला उद्यमीहरुका लागि उचित तालिमसहितको बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।



प्रतिक्रिया दिनुहोस !