२० बैशाख २०८१, बिहिबार

सिंहदरबार परिसरमा डिडिसीको सहुलियत बिक्री केन्द्र स्थापना, मुख्य सचिव अर्यालले गरे उद्धघाटन

प्रकाशित मिति :  20 March, 2024 1:51 pm


काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी) ले सिंहदरबार परिसरमा सहुलियत बिक्री केन्द्रकाे स्थापना गरेको छ ।

आज (बुधवार) सिंहदरबार परिसरमा नेपाल सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले सहुलियत बिक्री केन्द्रको उद्घाटन गरेका हुन् । अर्यालले डिडिसीलाई दुग्धजन्य पर्दाथ ब्रिक्रीमा समस्या भएकाे बेला सिहंदरबार परिसरमा ब्रिकी केन्द्र बनाउनु उपयुक्त रहेको बताए । उनले सिहंदरबारमा बिक्री केन्द्र स्थापना गर्ने वित्तिकै दुग्धजन्य पदार्थमा छुट दिन आवश्यक नरहेकाे समेत बताए ।

अर्यालले डिडिसीको बिक्री केन्द्र बढ्दै जाँदा उपभोक्तालाई सहजता आउने देखिएको बताउँदै सिंहदरबार भित्र डिडिसीको बिक्री केन्द्र हुँदा डिडिसीको उत्पादन प्रयोगमा सहज हुने विश्वास लिएको बताए ।

उनले डिडिसीले काठमाडौँकाे सिंहदरबारभित्र बिक्री केन्द्र खोलेर भन्दा पनि मुलुकभर बिक्री बिस्तार गर्न आवश्यक रहेको बताए ।

उनले भने, “कतिपय अवस्थामा सुनिन्छ दुग्ध विकास संस्थानले दुध बेच्न नसक्दा किसानलाई पैसा तिर्न सकेन भनेर समाचार आउने गर्छन् । त्यसलाई आउन नदिनको लागि केही दिर्घाकालिन सोचको साथ अघि बढ्न आवश्यक पनि छ । दुग्धजन्य वस्तुहरू बिक्री नभएको विषय सिंहदरबार बिक्री केन्द्रले थप सहज हुनेछ ।”

त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले डिडिसीले धेरै जनसंख्या भएकाे क्षेत्रमा बिक्री केन्द्रहरूलाई अभियानकै रूपमा अगाडि बढाउन आग्रह गरे ।

उनले भने, “डिडिसी विगतका वर्षको भन्दा पछिल्लो ६ महिनामा नाफा गएको छ। पछिल्लाे समय दुग्धजन्य वस्तुहरू बिक्रीमा आएको कमीलाई सिंहदरबारको सहुलियत केन्द्रले थप सहयोग पुग्ने छ । सचिव पाैडेलले सिंहदरबारमा २ हजार ५ सय भन्दा बढी कर्मचारी भएकाले उनीहरूको सहजताको लागि बिक्री केन्द्र स्थापना गरिएको बताए ।

 डिडिसीका महाप्रबन्धक सञ्जीव झाले लामाे समयदेखि सिहंदरबार परिसरमा बिक्री केन्द्रकाे स्थापना गर्न खाेजेकाे र केही छलफलपछि पूरा भएकाे बताए ।

उनले बजारमा दुग्धजन्य पदार्थ स्टक रहेकाे बेलामा सिहंदरबारमा बिक्री केन्द्र स्थापना गर्नु उपयुक्त रहेकाे समेत बताए । उनले भने, “सिहंदरबारभित्र हामीले ४४ प्रकारका पदार्थहरू उपल्बध गराएका छाैँ । त्यसले गर्दा यहाँभित्रका कर्मचारी पनि लाभन्वित हुने छन् भने डिडीसीकाे समेत बजार विस्तार हुनेमा हामी विश्वास्त रहेका छाैँ ।”

यस्ताे छ मूल्यसूचि:



प्रतिक्रिया दिनुहोस !