२० बैशाख २०८१, बिहिबार

सरकारलाई सांसद यादवको प्रश्नः किसानलाई मलको अभाव हुन नदिने योजना के छ ?

प्रकाशित मिति :  20 March, 2024 2:14 pm


काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले किसानलाई मलको अभाव हुन नदिने योजना के छ ? भनि सरकारलाई प्रश्न गरेका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक यादवले मधेशमा सबैभन्दा ठूलो समस्याको रूपमा रहेको रासायनिक मलको अभाव हुन नदिने स्पष्ट योजनाबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गरेका हुन् ।

उनले विगतमा भएका अर्थमन्त्रीहरूले मलको अभाव नहुन नदिने भनेर चर्को भाषण गर्ने गरेकाले अब मलको अभाव हुने अवस्था आउन नदिन सरकारलाई सचेत गराए । प्रमुख सचेतक यादवले जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा ल्याउन पनि सरकारलाई दबाब दिए ।

“मधेशको सबैभन्दा खतरानाक अवस्था के हो भने रासायनिक मल हो । किसानको कुरा हामी गर्छौं । चर्को भाषण गर्छौं । सबै अर्थमन्त्रीहरूले रासायनिक मलको अभाव हुन दिँदैनौ भनेर भन्नुहुन्छ । कृषिमन्त्रीजी पनि आएर त्यसै फलाकी हाल्नुहुन्छ । बोल्नमा कोही पनि कम छैन । तर खाद्य चाहीँ पाउँदै पाउँदैन । के अर्थमन्त्रीजी यसपाली चाँही किसानलाई खाद्यको व्यवस्था गरि दिनुहुन्छ रु त्यो पनि किसानले नगदै पैसा दिन्छ”, उनले भने ।

प्रमुख सचेतक यादवले बजेट वितरणमुखि भन्दा पनि परिणाममुखि हुुनुपर्ने सुझाव पनि सरकारलाई दिए ।



प्रतिक्रिया दिनुहोस !