१२ श्रावण २०८१, शनिबार

सहकारी प्रकरणहरूको निष्पक्ष छानविन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अफ्ठ्यारो हुन्छः सांसद जबरा

प्रकाशित मिति :  20 March, 2024 2:18 pm


काठमाडौँ । नेपाली काँग्रेसका सांसद उदय समशेर जबराले सहकारी प्रकरणहरूको निष्पक्ष छानविन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अफ्ठ्यारो पर्ने बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१\०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा भाग लिँदै सांसद जबराले सहकारीहरूले अर्थतन्त्रमा समस्या ल्याएको बताएका हुन् ।

उनले भने, “सहकारीमा के भयो भनेर निष्पक्ष छानविन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अफ्ठ्यारो हुन्छ । पीडितको मात्र कुरा गरेको होइन, यसले हाम्रो अर्थतन्त्रमा पनि समस्या ल्याएको छ । त्यसैले यसमा छिटोभन्दा छिटो निष्पक्ष छानविन गर्नु जरुरी छ ।”
सरकारले सडक, ट्रान्समिशन लाइन, कृषि र आइटीका क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस !