१२ श्रावण २०८१, शनिबार

सरकारले गरिवी घटाउँछ, शुन्यमा झार्नेगरी काम गर्छः ओली

प्रकाशित मिति :  20 March, 2024 4:26 pm


काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरिवी घटाउने गरी काम गर्ने बताएका छन् ।

पार्टीको काठमाडौँ जिल्ला कमिटीले बुधबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अघिल्लो सरकारले गरिवी ३ प्रतिशतले बढाएको उल्लेख गर्दै उनले त्यसलाई घटाउँदै लगेर शुन्यमा झार्ने सरकारको योजना हुने पनि बताएका हुन् ।

उनले चीनले गरिवी शुन्यमा झारेको दृष्टान्त पेश गर्दै आफूहरुले पनि त्यसै अनुसार काम गर्ने बताए । विगतमा एमाले नेतृत्वको सरकारले जनताले जीवनमा परिवर्तन ल्याउने गरी सडक बालबालिकाका व्यवस्थापन गरेको, असहाय, अशक्तहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याएको तर आफूहरु सरकारबाट हटेपछि त्यो कामले निरन्तरता पाउन नसकेको ओलीले जिकिर गरे ।

उनले जनताको दुःख,कष्ट हरण गरेर जाने काम विगतमा पनि एमालेले गरेको र त्यसैलाई निरन्तरता दिनेगरी आगामी दिनमा पनि काम गर्ने बताए । अध्यक्ष ओलीले एमालेले विगतमा जनताको पक्षमा काम गरेकाले उनीहरुलाई साथमा लिएर अघि बढन पनि पार्र्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । ओलीले एमालेमाथि विपक्षहरुले लगाउने गरेको आरोपको प्रतिवाद गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस !