१२ श्रावण २०८१, शनिबार

गृहमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारः प्रकाशशरण महत

प्रकाशित मिति :  20 March, 2024 5:30 pm


काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।

बुधवार संसद भवन परिसरमा कुरा गर्दै उनले काँग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीको छानबिन हुनुपर्ने माग राख्दा काँग्रेसले ४ वर्षै संसद अवरोध गरे पनि केही फरक पर्दैन भन्ने हिसावले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनुभएको आरोप लगाएका हुन् ।

उनले काँग्रेसले निष्पक्ष छानबिन हुनुपर्ने माग राखेको बताए । उनले काँग्रेसको माग अनुचित नरहेकाले छानबिन गर्ने निकायको प्रमुख भएर आफूमाथिका आरोपहरु निष्पक्ष छानबिन हुन नसक्ने बताए ।

उनले राजीनामै काँग्रेसको पूर्वशर्त नरहेको उल्लेख गर्दै स्वार्थ नबाझिने गरी छानबिन गर्न माग गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !