१२ श्रावण २०८१, शनिबार

कांग्रेसले बलियो आधार र प्रमाण ल्याउँछ भने त्यसलाई सरकारले मान्नुपर्छ: रघुजी पन्त

प्रकाशित मिति :  20 March, 2024 5:36 pm


काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाली कांग्रेसले बलियो आधार र प्रमाण एवं राजनीतिक तर्कहरू प्रस्तुत गरेर राजीनामा मागे सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् ।

बुधवार संसद् भवन परिसरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि कांग्रेसले उठाएको प्रश्नको बारेमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले प्रतिपक्षले प्रशस्त, बलियो र प्रमाणसहितको आधार प्रस्तुत गरे त्यसलाई नमान्ने भन्ने नरहेको बताए । उनले र दबाबको आधारमा मात्रै राजीनामा मागेर सरकारलाई कामै गर्न नपाउने स्थिति कुनै पनि प्रतिपक्षले बनाउनु नहुने बताए ।

नेकपा एमाले प्रतिपक्षमा रहेको बेलामा प्रशस्त आधार र प्रमाणसहित मन्त्रीहरूको राजीनामा मागेको बताए ।



प्रतिक्रिया दिनुहोस !