१२ श्रावण २०८१, शनिबार

यस्तो रहनेछ शुक्रवारसम्मको मौसम

प्रकाशित मिति :  21 March, 2024 7:17 am


एआइले बनाएकाे समाचार प्रतिनिधि तस्बिर ।

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

बिहीबारदेखि कोशी , मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षा तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा छिटपुट वर्षा भैरहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात समेत भैरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।

आज राती गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार शुक्रवार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। पहाडी भू–भागका थोरै स्थानहरुमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रवार राती बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक(दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित छिटपुट देखिहल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रवार गण्डकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !