१२ श्रावण २०८१, शनिबार

संघीय निजामती सेवा ऐन जस्ताको तस्तै पारित हुने सम्भावना छैनः रामहरी खतिवडा

प्रकाशित मिति :  21 March, 2024 8:39 am


काठमाडाैँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले संसदमा पश्तुत संघीय निजामती सेवा सम्बन्धि विधेयक जस्ताको तस्तै पारित हुने सम्भावना नरहेको बताए।

बुधवार ललितपुरमा आयोजित संघीय निजामती सेवा विधेयकसम्बन्धि छलफल कार्यक्रममा बोल्दै सभापति खतिवडाले विज्ञहरुसँग वृहत छलफल गरेर मात्रै सो विधेयकलाई अघि बढाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। उनले सो विधेयकबारे हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा आफू नरहेको पनि स्पष्ट पारे।

सभापति खतिवडाले जनताका समस्या समाधान हुने गरी सो विधेयकलाई अघि बढाउन आफू लागि पर्ने पनि बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !