१२ श्रावण २०८१, शनिबार

महरासँग आज पनि बयान लिने

प्रकाशित मिति :  21 March, 2024 11:44 am


काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग आज पनि बयान लिन सुरु भएको छ ।

महरामाथि हिजो बुधबारदेखि मात्रै बयान लिन सुरु भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ ।

महरालाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको छ ।

स्वास्थ्यमा समस्या देखिपछि महरालाई अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडाैंले अादेश दिएकाे थियाे । उक्त आदेशपछि महरालाइ नर्भिक अस्पतालमा राखिएको छ ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग संग्लनता रहेको ठहर भएपछि महरालाई चैत्र ५ गते कपिलबस्तुबाट प्रहरीले पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !