१२ श्रावण २०८१, शनिबार

पूर्वसूचनालाई व्यवस्थित रूपमा विकास गर्न आवश्यक छ: मन्त्री बस्नेत

प्रकाशित मिति :  21 March, 2024 1:30 pm


काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पूर्व सूचनालाई व्यवस्थित रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले अब नेपालले पूर्वसूचनाको उत्पादन कसरी गर्ने रु भन्नेबारेमा विशेष जोड दिनुपर्ने बताएका हुन् ।

उनले पूर्वसूचना प्रणालीको क्षेत्रमा केही नयाँ आयामहरू थपिँदै जाने अपेक्षा आफूले राखेको पनि बताए । उनले भने, “अब हामीले पूर्वसूचनाको उत्पादन कसरी गर्ने रु अथवा पूर्व सूचनालाई हामीले कुन रूपमा व्यवस्थित, विकास गर्ने भन्ने प्रश्न छ । अब पूर्वसूचना प्रणालीको क्षेत्रमा केही नयाँ आयामहरू थपिँदै जाने अपेक्षा छ । हाम्रा अनुभवहरूलाई र विज्ञतालाई ठिक ढङ्गले प्रशारण गर्नुपर्छ, सूचनामा सबैको पहुँच पुर्‍याउने विधिहरूको बारेमा पनि तपाईंहरूका अनुभव, नलेजको शेयरिङ राम्रोसँग हुनेछ ।”

उनले सूचना सबैको पहुँच पुर्‍याउने विधिहरूको बारेमा सोच्न जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !