१२ श्रावण २०८१, शनिबार

सरकारलाई सांसदहरूको प्रश्न: उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सञ्चालन गर्न सक्ने आँट छ ?

प्रकाशित मिति :  21 March, 2024 5:52 pm


????????, ?? ?????? ?????? ??? ??????? ? ???? ??? ???????? ??? ????? ???? ???????????? ?????????? ??????????? ??????? ????? ?????? ??? ??????? ? ???? ??? ???????? ??? ??????? ???? ? ?????? ? ?????? ????÷????

काठमाडौँ । उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्ट उद्योगलाई व्यवस्थित गरी सरकारले नै सञ्चालन गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन ।

उनीहरूले सरकारले सञ्चालन गरेको उद्योगहरू निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नसक्ने हुनुपर्ने बताए । सांसदहरूले वर्तमान सरकारले उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सञ्चालन गर्नसक्ने आँट र क्षमता छ रु भन्दै उद्योग मन्त्रीलाई प्रश्न समेत गरेका छन् । उनीहरुले सरकारले सञ्चालन गरेका उद्योग आर्थिक रूपमा धराशायी हुनु चिन्ताको विषय रहेको भन्दै आगामी दिनमा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नसक्ने र नाफामा लैजाने गरी सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनीहरूले विगतका राज्यले मुलुकभित्रै कच्चा पदार्थ,जनशक्ति र उपभोग पनि मुलुकभित्रै गर्ने उद्देश्यले सञ्चालनमा ल्याएका उद्योग व्यवस्था परिवर्तनसँगै निजीकरण भएको बताए ।

उनीहरूले बाँकी रहेका उद्योग पनि आर्थिक रूपमा धराशायी रहेको भन्दै अब राज्यले तदारुकताका साथ उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनीहरूले राज्य एक्लैले सञ्चालन गर्न नसक्ने भए नीतिगत रूपमा निजी साझेदारीमा जाने विकल्पमा जान पनि सुझाव दिए । उनीहरूले सरकारले उद्योग सञ्चालन गरी बजारको समेत व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद राजु थापाले उद्योगमन्त्री दामोदर भण्डारीलाई उद्योग चलाउन सक्ने आँट छ भन्दै प्रश्न गरे । उनले सरकारको स्वामित्वमा रहेका उद्योगहरू सञ्चालन गर्ने दायित्व सरकारको भएको बताए । उनले सरकार र मन्त्रीको उद्योग चलाउँछु भन्ने इच्छाशक्ति हुन आवश्यक रहेको बताए ।

उनले उदयपुर र हेटौँडा सिमेन्ट उद्योग चल्न आवश्यक रहेको बताए । उनले पञ्चायत कालमा सुरु भएका उद्योग प्रजातन्त्र आएपछि धराशायी भएको बताए । सरकारी उद्योगमा मन्त्रीका पार्टीका कार्यकर्ता भर्ती केन्द्रको रूपमा लैजाँदा पनि उद्योगमाथि उठ्न नसकेको उनको भनाई छ । उनले निजी क्षेत्रले सञ्चालन गरेका सिमेन्ट उद्योगहरू फस्टाएकाले सिमेन्टमा मुलुक आत्मनिर्भर भएको बताए । उनले अब सरकारले दुई उद्योग सञ्चालन गर्न नसक्ने भए निजी साझेदारीमा भएपनि चलाउन आवश्यक रहेको बताए ।

नेकपा एमालेका सांसद हेमराज राईले उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारले सञ्चालन गर्ने वा निजी साझेदारीमा सञ्चालन गर्ने भन्ने विषयमा राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताए । उनले पञ्चायत कालमा स्थापना भएका उद्योगहरू मुलुककै कच्चा पदार्थ, रोजगारी र उपभोग समेत मुलुकभित्रै हुने अवधारणामा सञ्चालनमा आएको बताए । उनले विगतमा सरकारी उद्योग निजीकरण हुँदा पनि भएको समस्यालाई सिकाइको रूपमा लिएर राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पनि सरकार आफैले सञ्चालन गर्दा पनि जर्जर अवस्थामा उद्योग पुग्नुको वास्तविकता अध्ययन र समीक्षा गर्न आवश्यक रहेको बताए ।

उनले यसरी अध्ययन र समीक्षा सरकारले गर्नसके मात्रै आगामी दिनमा व्यवस्थित रूपमा लैजान सकिने बताए । उनले अगाडि उद्योग सञ्चालनका गलत पक्षको समीक्षा गरिने भने अब सुधार गर्ने भनेर मात्रै नहुने बताए । उनले सरकारले सञ्चालन गर्न नसके अब निजी साझेदारी रूपमा जाने मोडल पनि अपनाउनुपर्ने आवश्यकता देखिएको बताए । उनले यी उद्योगलाई नाफामुखी बनाएर सञ्चालनमा निरन्तरता दिन सक्नुपर्ने बताए ।

कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले निजी क्षेत्रले चलाएका उद्योगहरू नाफामा जाने तर सरकारले चलाएका उद्योगहरू धराशायी हुनु चिन्ताको विषय भएको बताइन् ।

उनले सरकारले चलाएका उद्योग धराशायी भएको विषयमा चिन्ता लिन आवश्यक रहेको बताइन् । उनले धराशायी बन्यो भनेर सरकारले चिन्ता गरेर बस्ने भन्दा पनि आवश्यक प्रक्रिया पूरा गरी सञ्चालन गर्न आवश्यक रहेको बताइन् । उनले सरकारले यस्ता उद्योगलाई कसरी नाफामा लैजाने भन्ने विषयमा सोच्नुपर्ने बताइन् ।

एमालेका सांसद लालप्रसाद सावाँ लिम्बूले उदयपुर र हेटौँडा सिमेन्टको गुणस्तर राम्रो हुँदा पनि बजार व्यवस्थापन गर्न नसक्दा उद्योग धराशायी बनेको बताए । उनले सरकारले उत्पादन गरेको सिमेन्टको बजारको अभाव नभएको बताए ।



प्रतिक्रिया दिनुहोस !