यस्तो रहनेछ शुक्रवारको मौसम
प्रकाशित मिति : 22 March, 2024 7:18 am
काठमाडौँ। शुक्रवार देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रभावित क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोेध गरिएको छ।









