१२ श्रावण २०८१, शनिबार

महिला न्यायाधीश आउनका लागि आशालाग्दो वातावरण छ: पूर्वप्रधानन्यायाधीश कार्की

प्रकाशित मिति :  22 March, 2024 11:45 am


काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले महिलाहरू न्यायाधीशहरुरूले न्यायको क्षेत्रमा उचित निर्णय लिनसक्ने विश्वास रहेको बताएकी छन् । शुक्रबारबाट ललितपुरमा सुरू भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले महिला न्यायाधीशहरू न्यायालयमा आउनका लागि अहिले आशातित वातावरण रहेको बताइन् ।

उनले न्यायालयमा संविधानले भनेअनुसारको महिलाको प्रतिनिधित्व हुन आवश्यक रहेको बताइन् । उनले सम्मेलन नेपालमा महिला न्यायाधीशहरूको वृद्धि विकासका लागि ठूलो आयाम बन्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा महिला न्यायाधीशहरूले न्यायको क्षेत्रमा झनै उल्लेख्य अवसर पाउने र कार्य स्म्पादन पनि राम्रो हुनेमा विश्वस्त रहेको बताए ।

“महिला न्यायाधीश आउनका लागि अहिले आशालाग्दो वातावरण छ । दुई अढाई वर्ष कति छ, हाम्रो आउने महिला प्रधानन्यायाधीशको । मेरा दिदि बहिनीहरुले अथवा हाम्रा न्यायाधीशज्युहरुका चेलीबेटी, आमाबैनी कोको हुनुहुन्छ, उनीहरुले आफ्नो दोहोरो भुमिका राम्रोसँग निभाएर काम गर्न सक्दछन्”, उनले भनिन्, “राम्रै डिसिजन दिनसक्छन् । राम्रै काम गर्न सक्दछन् । किनभने मैले गरेको छु । मैले त्यो संघर्ष गरेको छु । कति पीडा हुन्छ, त्यो मैले भोगेको छु । एउटा पुरुषले दुःख पाएको छ भने महिलालाई पनि दण्ड सजाय महिलाले गरेका छन् । यो सम्मेलन शुरुवात हो । संविधानसम्मत काम हुनुपर्छ । यसका लागि हरेक सहयोग गर्ने पुरुषलाई धन्यवाद दिन्छु ।”

आजबाट सुरू भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलन दुई दिनसम्म चल्नेछ ।



प्रतिक्रिया दिनुहोस !