१५ बैशाख २०८१, शनिबार

मंगोलियामा चिसोका कारण ५० लाखभन्दा बढी पशुधन मरे

प्रकाशित मिति :  22 March, 2024 1:28 pm


काठमाडौँ । मङ्गोलियामा चिसो मौसमका कारण यस हिउँद याममा अहिलेसम्म ५० लाख भन्दा बढी पशुधनको मृत्यु भएको छ ।

मशगम भनेर चिनिने अत्यधिक जाडो मौसमका कारण देशको राज्य आपतकालीन आयोगले हालसम्म देशभर ५० लाखभन्दा बढी पशुधन मरेको बताएको हो । मशगम एक मङ्गोलियन शब्द हो । जुन कडा चिसो भन्ने हुन्छ । मङ्गोलियाले यस हिउँदमा सामान्य भन्दा धेरै हिउँ परेको छ ।

मङ्गोलियामा हिउँ ढाकिएको मात्रा हालसम्म घटेर ६० प्रतिशत पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गत वर्षको अन्त्यमा देशमा १ लाख ९० हजार भन्दा बढी गोठाला घरपरिवार थिए । पशुधनको संख्या ६४.७ मिलियन रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !