१२ श्रावण २०८१, शनिबार

हाजिरी जमानतमा छुटे माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा

प्रकाशित मिति :  22 March, 2024 2:03 pm


काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा छुट्ने भएका छन् ।

सरकारी वकिल कार्यालयमा बयान सकिएपछि महरालाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाइने सीआईबीका एक अधिकृतले बताए ।

महरालाई अदालतले उनको स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै अस्पतालमा राख्न निर्देशन दिएको थियो । त्यसै अनुसार उनी नर्भिक अस्पतालमा भर्ना भएका थिए । प्रहरीले बुधबार र बिहीबार दुई दिन अस्पतालबाटै ल्याएर बयान लिएको छ । उनको बयान पनि सकिएको छ र सुन तस्करीका आरोपीलाई फोन गरेको बाहेक अरु ठोस प्रमाण नभेटिएको स्रोतले जनाएको ।

महरा राम्रोसित बोल्न र हिँड्न सकिरहेका छैनन् । उनले ८ किसिमको औषधि नियमित सेवन गरिरहेको पाइएको छ । स्रोतकाअनुसार महराले टीबीदेखि मस्तिष्कको नशासम्मको समस्या बोकेका छन् ।

प्रहरी कपिलवस्तुबाट महरालाई ५ चैतमा पक्राउ गरेर काठमाडौं ल्याएको थियो । महरालाई अदालतले उनको स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै अस्पतालमा राख्न निर्देशन दिएको थियो । त्यसै अनुसार उनी नर्भिक अस्पतालमा भर्ना भएका थिए । प्रहरीले बुधबार र बिहीबार दुई दिन अस्पतालबाटै ल्याएर बयान लिएको छ । उनको बयान पनि सकिएको छ र सुन तस्करीका आरोपीलाई फोन गरेको बाहेक अरु ठोस प्रमाण नभेटिएको स्रोत बताउँछ ।

महरा राम्रोसित बोल्न र हिँड्न सकिरहेका छैनन् । उनले ८ किसिमको औषधि नियमित सेवन गरिरहेको पाइएको छ । स्रोतकाअनुसार महराले टीबीदेखि मस्तिष्कको नशासम्मको समस्याबाट ग्रसित छन् ।



प्रतिक्रिया दिनुहोस !