१२ श्रावण २०८१, शनिबार

प्रधानमन्त्री दाहाल–ओली भेटवार्ताः समसामयिक विषयमा छलफल

प्रकाशित मिति :  22 March, 2024 5:09 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

नेकपा (माओवादी केन्द्र) नेतृत्वको समाजवादी मोर्चामा एमालेलाई पनि सहभागी गराउने जिम्मेवारी लिएका प्रधानमन्त्री दाहालसँग ओलीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुक्रवार अपरान्ह प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले समसामयिक विषयमा राम्रो कुराकानी भएको बताए ।

शुक्रवार बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई सहभागी गराउने निर्णय गर्दै ओलीसँग छलफल गर्ने जिम्मेवारी प्रधानमन्त्री दाहाललाई दिएको थियो ।



प्रतिक्रिया दिनुहोस !