१२ श्रावण २०८१, शनिबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू(पूर्णपाठ)

प्रकाशित मिति :  22 March, 2024 5:47 pm


काठमाडौँ । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने भएको छ ।

हिजाे (चैत्र ८) गते बसेको मन्त्रीपरिषद् बैठकले सो विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयको प्रस्तावमा सो विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको नेपाल सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले एकीकृत कानूनी सहायता सम्बन्धि विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमती दिने निर्णय पनि गरेको छ । खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धि नियमावली, २०८० स्वीकृत गर्ने भन्ने निर्णय पनि गरिएको छ । मन्त्रिपरिषद्काे विधेयक समितिबाट आएको निर्णयलाई स्वीकृति प्रदान गरिएको पनि मन्त्री शर्माले बताइन् ।

सरकारले २०८१ साल वैशाख १७ गतेदेखि २३ गतेसम्म भूटानको राजधानी थिम्पुमा आयोजना हुने ईसिमोडको बोर्ड अफ गभर्नरको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मिनबहादुर श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रीपरिषद् बैठकले बृहत शान्तिधाम नेपालले वार्षिक रूपमा बुझाउँदै आएको सहुलियत दस्तुरवापतको राजश्व मिनाहा पनि गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय:



प्रतिक्रिया दिनुहोस !