१२ श्रावण २०८१, शनिबार

थुनामुक्त भएका पूर्वसभामुख महरा केही दिन अस्पतालमै रहने

प्रकाशित मिति :  22 March, 2024 10:28 pm


काठमाडौं । हाजिरी जमानीमा रिहा भए पनि स्वास्थ्य अवस्था सुधार नभएकाले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एंव पूर्वसभामुख कृष्णबहादुर महरा अस्पतालमै रहने भएका छन् ।

स्वास्थ्य अवस्थाका कारण चिकित्सकको सल्लाहअनुसार अझै केही दिन अस्पतालमै राखिने पारिवारिक स्रोतले बतायो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको सहमतिमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनलाई हाजिर जमानीमा छोड्ने निर्णय गरेको थियो । उनलाई इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो ।

सीआईबीका अनुसन्धान अधिकृतहरूले दुई दिन लगातार महराको बयान लिएका थिए ।  महराले ८ प्रकारका औषधि सेवन गर्दै आएका छन् । उनको घाँटीको टीबी र मस्तिष्कको नशामा समस्या छ ।



प्रतिक्रिया दिनुहोस !