१२ श्रावण २०८१, शनिबार

अनावश्यक व्ययभार नपर्नेगरी होली मनाउन ओलीको आग्रह

प्रकाशित मिति :  23 March, 2024 4:44 pm


काठमाडौँ ।नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक व्ययभार नपर्नेगरी होली मनाउन आग्रह गरेका छन् ।

शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित होली विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । उनले होली मनाउँदा स्वास्थ्यमा ध्यान दिएर खेल्नुपर्ने बताए ।

उनले होलीले सभ्य, शान्तिपूर्ण, एकतावद्ध समाज निर्माण गर्न, राष्ट्र एकतावद्ध बनाउने कुरामा योगदान गर्न प्रेरणा मिल्ने बताए । उनले चुनावमा धेरै अविर लगाउँदा बिरामी पर्ने गरेको बताउँदै आफूले पछिल्ला केही निर्वाचनमा जितेपछि पनि अविर नलगाइ विजयी मनाउने गरेको बताए ।

अध्यक्ष ओलीले होलीमा पछिल्लो समय विकृति फैलिँदै गएको भन्दै विकृति नफैलिने गरी होली पर्व मनाउनुपर्ने बताए । उनले इच्छा विपरित होली नखेल्न पनि आग्रह गरे । उनले होली पर्वहरुमध्येको पनि पुरानो पर्व भएको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !