१५ बैशाख २०८१, शनिबार

राइट टू प्रोटिन म्याराथनमा डेरी एसोसिएसनले गरायो १० हजारलाई निःशुल्क मही सेवन

प्रकाशित मिति :  23 March, 2024 10:25 pm


काठमाडौँ। नेपाल डेरी एसोसिएसनले आज (शनिबार) राइट टु प्रोटिन म्याराथन प्रतियोगितामा सहभागी करिब १० हजार जनालाई कार्यक्रमपछि मोही सेवन गराएको छ ।

नेपाल भेटनरी एसोसिएसनको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीलाई महि सेवन गराइएको हो।

मोहि सेवन गराउने अभियानलाई निरन्तरता दिदै एसोसिएसनले आज उक्त कार्यक्रम आयोजना गरेको हो ।

एसोसिएसनले प्रत्येक शनिवार दरबार मार्गमा रहेको ओरेण्ट क्याफेमा लाग्ने रैथाने कृषि उपजको बिक्री मेलामा अभियानकै रुपमा निशुल्क मोही सेवन गराउँदै आएको छ ।

आजसम्म करिब  ४० हप्ता निशुल्क मोही सेवन गराएको एसोसिएसनका अध्यक्ष प्रल्लाद दाहालले जानकारी दिए।

शनिबार दशरथ रंगशालामा राइट टु प्रोटिन म्याराथन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण समारोहमा बोल्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले स्वस्थ, अनुशासित, शिक्षित, मर्यादित तथा सक्षम नागरिक राष्ट्र निर्माणका प्रमुख आधार भएको बताएकी थिइन् ।

उनले विविधताको एकता कायम गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक वृद्धिको माध्यमबाट समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकंक्षालाई पूरा गर्न आवश्यक रहेको बताइन् ।

उनले राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरिन् । उनले प्रोटिनजन्य खाद्यपदार्थहरु जस्तै दुध, माछा, मासु, अण्डा, गेडागुडी, आदिको हिस्सालाई उल्लेख्य वृद्धि कुपोषणको समस्या निराकरणको प्रमुख आधार भएको बताइन् ।

मन्त्री साहले सरकार जनताको सन्तुलित आहार प्राप्त गर्ने अधिकारप्रति संवेदनशील रहेको उल्लेख गरिन् । मन्त्रालयले प्रोटिनजन्य पदार्थहरू माछामासु, दुध तथा गेडागुडीको उत्पादन, वितरण तथा उपलब्धताको सर्वसुलभ पहुँचप्रति विशेष सहजीकरण र सरकारका नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्दै आएको बताइन् ।



प्रतिक्रिया दिनुहोस !