१२ श्रावण २०८१, शनिबार

नयाँ राजनीतिक सहयात्रापछि आशाकाे सञ्चार भएको एमालेकाे निष्कर्ष

प्रकाशित मिति :  24 March, 2024 3:43 pm


काठमाडौँ । नेकपा एमालेले नयाँ राजनीतिक सहयात्रा सुरु भएपछि मुलुकमा केही मात्रामा आशाको सञ्चार भएको निष्कर्ष निकालेको छ ।

पार्टी मुख्यालय च्यासल,ललितपुरमा बसेको सचिवालय बैठकले नयाँ सत्ता समिकरण बनेपछि जनतामा आशाको सञ्चार गराएको निष्कर्ष निकाल्दै जनतामा भरोसा जगाउने काममा केन्द्रित भएर काम गर्न सरकारलाई सुझाव दिएको छ ।

सरकारको कामलाई अझ बढी प्रभावकारी बनाउँदै, समाजमा रहेको निराशालाई चिर्दै अवरुद्ध विकास, समृद्धि र सुशासनको प्रक्रियालाई नयाँ गति दिने र देशको राष्ट्रिय हितको रक्षा र सम्वर्धनमा केन्द्रित भएर लाग्ने संकल्प पनि पार्टीले गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उपमहासचिव ज्ञवालीले भने,“यो बैठकमा हामीले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गरेका छौं । नयाँ राजनीतिक सहयात्रा प्रारम्भ भईसकेपछि मुलुकमा केही मात्रामा आशाका सञ्चार भएको छ ।”

सरकारको कार्य सम्पादनलाई प्रभावकारी बनाउँदै समाजमा रहेको निराशा चिर्दै अवरुद्ध भएको विकास, समृद्धि र सुशासनको प्रक्रियालाई नयाँ गति दिने र देशको राष्ट्रिय हितको रक्षा र संवद्र्धनमा केन्द्रित भएर लाग्ने पार्टीले ठोस सङ्कल्प गरेको ज्ञवालीको भनाई छ ।

उनले भने,“सरकारले पनि त्यही हिसाबले आफ्ना कामहरूलाई अझ बढी चुस्त, अझ बढी समस्या केन्द्रित र जनतामा आशा र भरोसा जगाउने गरी अगाडि बढोस भनेर हामीले शुभकामना पनि दिएका छौं ।”



प्रतिक्रिया दिनुहोस !