१२ श्रावण २०८१, शनिबार

चिनियाँ नेता वाङ र उपप्रधानमन्त्री श्रेष्ठ भेटवार्ता

प्रकाशित मिति :  26 March, 2024 8:44 am


काठमाडौँ। मित्र राष्ट्र चीनको भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चाइनिज पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सका अध्यक्ष एवं राजनीति ब्युरो स्थायी समिति सदस्य वाङ हुनिङबिच भेटवार्ता भएको छ ।

आइतबार चीन पुगेका उपप्रधानमन्त्री श्रेष्ठले सोमबार स्थायी समिति सदस्य वाङसँग भेटवार्ता गरेको हो । भेटमा दुई देशबिचको सम्बन्धका बारेमा चर्चा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुई देशबिचको सम्बन्ध उत्कृष्ट रहेको भन्दै दुवै जनाले खुसी व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशको आर्थिक विकास र समृद्धि विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा दुई देशबिचको सम्बन्धलाई अझै कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठको भ्रमण नौ दिन हुनेछ । नेपाल–चीनबिच बीआरआइलगायत भएका विभिन्न सम्झौताको बारेमा चिनियाँ पक्षसँग कुराकानी गर्ने अनुनमान गरिएको छ।

नेपाल र चीनबिच बीआरआई सम्झौता भएको लामो समय भएपनि कार्यान्वयनमा नआएकाले यो विषयमा पनि छलफल हुन सक्ने अनुमान गरिएको हो।



प्रतिक्रिया दिनुहोस !