नेपाल प्रहरीका २३ जना कर्मचारी सम्पर्कविहीन
प्रकाशित मिति : 26 March, 2024 9:43 am
काठमाडौँ । नेपाल प्रहरीका २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।
चार जना असइ ९प्रहरी सहायक निरीक्षक०सहित २३ जना कर्मचारी सम्पर्कविहीन भएको प्रहरी प्रधान कार्यालयलले जनाएको छ । प्रहरी प्रधान कार्यालयल नक्सालले एक सूचना जारी गरी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको जानकारी दिएको हो ।
प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ । तोकिएको समयमा पनि सम्पर्कमा नआए आवश्यक कार्बाही प्रक्रिया अघि बढाइने जारी सूचनामा उल्लेख छ ।