१२ श्रावण २०८१, शनिबार

गैर कानुनी तवरले नेपाल बसिरहेका पाँच जना बंगलादेशी पक्राउ

प्रकाशित मिति :  26 March, 2024 12:24 pm


काठमाडौं । गैरकानुनी तवरले नेपाल बसिरहेका पाँच बंगलादेशीलाई प्रहरीले पक्राउ गरेको छ । भिसा अवधी सकिएर पनि गैरकानुनी तवरले नेपाल बसिरहेका पाँच जनालाई मंगलबार सोह्रखुट्टेबाट पक्राउ गरेर प्रहरीले आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बंगलादेश ढाका घर भई हाल काठमाडौं सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ४५ वर्षीय एमडी समुयल होडा, ३० वर्षीय अब्दुल विश्वास तथा ३६ वर्षीय एमडी मासुम मियाँ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।

भिसा अवधि समाप्तपश्चात् बङ्गलादेशी नागरिक विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी ढङ्गले बसोबास गर्नाका साथै शंकास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको प्रहरी उपरिक्षक पोख्रेलले बताए ।

प्रहरीले निजहरूलाई थप अनुसन्धानसहित कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस !