१५ बैशाख २०८१, शनिबार

श्रमिकहरुलाई अमर्यादित व्यवहार नगर्न गृहमन्त्री लामिछानेको निर्देशन

प्रकाशित मिति :  26 March, 2024 3:26 pm


काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अध्यागमन विभागका कर्मचारीहरूलाई श्रमिकहरुलाई अमर्यादित व्यवहार नर्गन निर्देशन दिएका छन् ।

मंगलबार कालिकास्थान स्थित अध्यागमन विभाग पुगरे गृहमन्त्री लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्र धानिदिने श्रमिकहरूलाई अभद्र व्यवहार नगर्न निर्देशन दिँदै विगतका गल्ती नदोहोर्‍याउन आग्रह गरेका छन्।

‘गृहमन्त्री लामिछानेले भने ‘रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्नुस्, ‘सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउनुस्।’

लामिछानेले विदेशीका लागि अध्यायमन देशको मुहार रहेको बताउँदै गृहमन्त्री लामिछानेले मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा नबन्ने हुँदा ख्याल गर्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !