१२ श्रावण २०८१, शनिबार

सत्ता गठबन्धन आफैँ झगडा गरेर समाप्त हुन्छः सांसद पौडेल

प्रकाशित मिति :  26 March, 2024 4:15 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर समाप्त हुने बताएका छन् ।

मंगलवार काठमाडौँमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धन स्थायी नहुने भएकाले काँग्रेसलाई फेरि मुलुकले सत्तामा पु¥याउने जिकिर समेत गरे ।

उनले काँग्रेसका लागि सत्ता ठूलो नभएको भन्दै सत्तामा पुगेपछि देश र जनताको पक्षमा गर्ने कामको भने दृष्टिकोण बनाएर बस्नुपर्ने आवश्यकता औंल्याए ।

सांसद पौडेलले भने ,”नेपाली काँग्रेसका लागि सत्ता ठूलो होइन । पर्खेर बसौं–काँग्रेसलाई यो देशले आफैं फेरि सत्तामा पु¥याउँछ । त्यसका निम्ति हतार नगरौं । अहिले जुन गठबन्धन बनेको छ । त्यो गठबन्धन चीरस्थायी हुँदैन । चिरञ्जीवी हुँदैन । उहाँहरू आफैँमा झगडा गरेर यो गठबन्धन समाप्त हुनेछ । तर नेपाली काँग्रेस सत्तामा जाँदैगर्दा किन जाने हो, के गर्न जाने हो, कुन कुन क्षेत्रमा कसरी काम गर्ने हो ? भन्ने कुरा प्रष्ट हुनुपर्छ ।”

सांसद पौडेलले लोकतन्त्रमाथि देखिएका बेथिति अन्त्य गर्ने कामको नेतृत्व, मुलुकको समृद्धि यात्राको नेतृत्व नेपाली काँग्रेसले नै गर्ने समेत बताए ।



प्रतिक्रिया दिनुहोस !