१२ श्रावण २०८१, शनिबार

केही दिनभित्रै नयाँ समीकरणअनुसारको प्रदेश सरकार बन्छः महासचिव पोखरेल

प्रकाशित मिति :  26 March, 2024 4:39 pm


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले यही हप्तामा प्रदेश सरकारमा नयाँ समीकरणअनुसारको सरकार बन्ने बताएका छन् ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा वागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केन्द्रमा पार्टी नेतृत्वको सरकार बनिसकेपछि स्वभाविक रुपमा प्रदेशमा पनि सरकारहरू बन्ने प्रक्रिया सुरू हुने बताए ।

उनले सत्तामा रहेका पाँच राजनीतिक दलहरुले एकतावद्ध प्रयास गर्ने हो भने सबै प्रदेशहरूमा नयाँ समीकरण अन्तर्गतका सरकार बन्ने समभावना रहेको बताए । उनले सत्तामा सहभागी दलहरुबीच छलफल गरी यसै हप्तामा प्रदेश सरकारलाई नयाँ समीकरणअन्तर्गत बनाउने काम पूरा गर्ने बताए ।

उनले भने, “केन्द्रमा पार्टी नेतृत्वको सरकार बनिसकेपछि स्वभाविक रुपमा प्रदेशमा पनि सरकारहरू बन्ने प्रक्रिया सुरू हुन्छ । सत्तामा रहेका पाँच राजनीतिक दलहरूले एकतावद्ध प्रयास गर्ने हो भने सबै प्रदेशहरूमा नयाँ समीकरण अन्तर्गतका सरकार बन्ने समभावना रहेको छ । त्यो हिसावले पनि हामीले प्रयासहरू गरिरहेका छाैँ । प्रमुख दलहरूबिच छलफल गरिकन दुई चार दिनभित्र हामी प्रदेश सरकारलाई नयाँ समीकरणअन्तर्गतको सरकार बदल्ने काम प्रक्रियाहरू पूरा गर्छौं । वागमती प्रदेशमा पनि यही समीकरणअन्तर्गत प्रदेश सरकार पुनःगठन हुनेछ ।”

उनले एमाले सरकारमा पुगेकाले मिसन ०८४ के भयो भन्ने जिज्ञासा आइरहेको उल्लेख गर्दै अहिलेको सहकार्य मिसन ०८४ लाई सहयोग पु¥याउने गरी नै भएको दाबी गरे । उनले नेकपा एमालेको मिसन ०८४ को उद्देश्यमा फेरबदल नभएको बताए । उनले अहिलेको सरकार वा पाँच दलको सहकार्य वामपन्थी सहकार्य नभएको बताए । उनले अहिलेको सहकार्य न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा आधारित सहकार्य भएको बताए ।

महासचिव पोखरेलले नयाँ सत्ता समीकरणको सहकार्यलाई वामपन्थी मोर्चा वा गठबन्धन वा त्यस दिशातर्फको यात्रा भनेर टिप्पणी नगर्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !