१५ बैशाख २०८१, शनिबार

यस्तो छ बुधवारको मौसम पूर्वानुमान

प्रकाशित मिति :  27 March, 2024 7:24 am


एआइले बनाएकाे समाचार प्रतिनिधि तस्बिर ।

काठमाडौँ। आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बुधवार मधेश प्रदेश र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमासमेत मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

मौसम प्रतिकूल रहने क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस !