१५ बैशाख २०८१, शनिबार

नेपालमा प्रभावकारी शिक्षाको आवश्यक छः उपसभामुख राना

प्रकाशित मिति :  27 March, 2024 7:49 am


काठमाडौँ। उपसामुख इन्दिरा रानाले नेपालमा प्रभावकारी शिक्षा आवश्यक रहेको बताएकी छिन्।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नै देशमा बालबालिकाहरु बस्न रुचाउने वातावरण सिर्जना गर्न जरुरी रहेको बताइन्।

उनले सानै उमेरबाट बालबालिकाहरुमा राष्ट्रियताबारे अवगत गराउनुपर्ने बताइन्। रानाले नेपालमा आफ्नै संस्कृति, संस्कार, परिस्थिति अनुसारको शिक्षा आवश्यक रहेको भनाइ राखिन्।

उनले नेपाली विद्यार्थीहरुलाई विद्यालयमा व्यवहारिक शिक्षाका बारेमा पनि ज्ञान दिन जरुरी रहेको चर्चा गरिन्।

उनले भनिन्, “जन्मिन पाएको छैन, हामी बच्चाहरुलाई अमेरिका, युरोपको सपना दिन्छौँ । अनि कसरी उनीहरु नेपालमा बस्छ । त्यसैले आज हामीले एजुकेशन त्यस्तो दिनुपर्छ । यहीँ भारतमै हेर्नु न, उनीहरुले राष्ट्रियताको विषयमा सानैदेखि नै सिकाउँछन् । बाहिर बस्ने नेपालीहरुले पनि आफ्ना पूर्खाको बारेमा सिकाउनुपर्छ ।”

उपसभामुख रानाले शिक्षक, किसान र स्वास्थ्यकर्मी नै देशको महत्वपूर्ण सम्पती भएको चर्चा गर्दै शिक्षक, डाक्टर, किसानलाई सम्मान गरेमात्रै देश विकास हुने बताइन्।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !