१५ बैशाख २०८१, शनिबार

दक्षिण लेबनानमा इजरायली हमलामा २ जनाको मृत्यु, ३ जना घाइते

प्रकाशित मिति :  27 March, 2024 10:53 am


काठमाडौँ । दक्षिणी लेबनानी गाउँहरूलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा दुई हिजबुल्लाह लडाकुको मृत्यु भएको छ भने तीन जना सर्वसाधारण घाइते भएका छन् ।

इजरायली आक्रमणले मेस अल–जबलको दक्षिणपूर्वी गाउँमा दुई तले घरलाई निशाना बनाएको थियो । जसमा एक हिजबुल्लाह लडाकुको मृत्यु भएको हो । दुई जना सर्वसाधारण घाइते भएका छन् । यसैबिच लेबनानी सशस्त्र समूह हिजबुल्लाहले आफ्ना लडाकुहरूले नवगठित लिमान बटालियनको मुख्यालय, बारानीत ब्यारेक, अल–मलिकियाह, जेब्दीन, रुवाइसात अल–आलम, तलेट अल–तैहात, अल–जर्दह र इजरायली क्षेत्रहरूमा आक्रमण गरेको बताएको छ ।

लेबनान–इजरायल सीमा अक्टोबर ८, २०२३ देखि बढ्दो तनावमा छ । हिजबुल्लाह र इजरायल बिचको भिडन्तमा लेबनानी पक्षमा २४१ हिजबुल्लाह सदस्यहरू र ७३ नागरिकहरूसहित ३६७ व्यक्तिको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !