१५ बैशाख २०८१, शनिबार

धनगढीका मेयर गोपाल हमालकी छोरी सम्पर्कमा

प्रकाशित मिति :  27 March, 2024 10:59 am


काठमाडौँ । भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। गत सोमवारदेखि सम्पर्कविहीन भएकी आरती हमाल सम्पर्कमा आएकी हुन्।

“सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु,” मेयर हमालले सामाजिक सञ्जालमा लेखेका छन्, “खोजी कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू, गोवामा बस्नुहुने सहयोगी नेपाली दाजुभाई दिदीबहिनीहरूसहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु। साथै मेरो जेठो छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँ सँगै भएको सम्पूर्णमा जानकारी गर्दछु।”

उनी ओशो साधक पनि हुन् । केही महिनादेखि आरती ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !