१६ बैशाख २०८१, आइतबार

माथि उक्लियो सुनको मूल्य

प्रकाशित मिति :  27 March, 2024 11:07 am


काठमाडौँ । आज बुधबार सुनचाँदी बजारमा छापावाला सुनको मूल्य माथि उक्लिएको छ । आज बुधबार छापावाला सुनको मूल्य मंगलबारको तुलनामा तोलामा ४०० रुपैयाँ बढेर तोलाको एक लाख २६ हजार ८०० रुपैयाँ कारोबार भइरहेको सुन व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख २६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने ओरालो लागेको छ । बुधबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १४९० रुपैयाँ आजको कारोबार मूल्य तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !