१५ बैशाख २०८१, शनिबार

पूर्वी रोल्पालाई पायक पर्ने ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्न गृहमन्त्री लामिछाने सकारात्मक

प्रकाशित मिति :  27 March, 2024 11:28 am


काठमाडौँ । गृहमन्त्री रवि लामिछाने पूर्वी रोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न सकारात्मक देखिएका छन् ।

सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी, लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत थापा, सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष मिना थापासहितको टोलीले गृहमन्त्री लामिछानेलाई सिंहदरबारमा भेटेर इलाका प्रशासन कार्यालय स्थापनाको माग गरेका थिए ।

भेटमा लामिछानेले आगामी आर्थिक वर्षमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने विषयमा आफू सकारात्मक जवाफ दिएका थिए ।

अध्यक्ष बुढाथोकीले भने,“ भेटका क्रममा गृहमन्त्री ज्यूले आगामी आर्थिक वर्षमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने विषयमा सकारात्मक जवाफ दिनुभएको छ ।”

सुनछहरी गाउँपालिका,सुनिलस्मृति गाउँपालिका र लुङ्गी गाउँपालिकालाई पायक पर्ने गरी इलाका प्रशासन कार्यालय स्थापनाको माग हुँदै आएको छ ।

तीन गाउँपालिकाले सामुहिक निर्णय गरेर सुनिलस्मृति गाउँपालिका वडा नम्बर—३ को फर्साचौरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न पहल गर्ने निर्णय गरिसकेका छन् ।

अध्यक्ष बुढाथोकीले भने,“ पूर्वी रोल्पाको तीनवटै पालिकालाई सहज हुने गरेर फर्साचौरमा इलाका प्रशासन कार्यालय स्थापना हुनुपर्छ भन्ने हो । यसले पूर्वी रोल्पाका जनतलाई सेवा लिन सहज हुने थियो । ”



प्रतिक्रिया दिनुहोस !